अमेरिकी पूर्वराष्ट्रपति र आसन्न अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले टेस्लाका मालिक एलन मस्कलाई आफ्नो सल्लाहकार बनाउन तयार रहेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
ट्रम्पलाई मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषदमा स्थानबारे उनको धारणा सोधिएको थियो । जवाफमा उनले आफू त्यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका हुन् ।
ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताए ।
टेस्ला र स्पेसएक्सका मालिक मस्कले हालै ट्रम्पसँग सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अन्तवार्ता लिएका थिए । मस्क एक्सका पनि मालिक हुन् ।
विगतमा ट्रम्प र मस्कबीचको सम्बन्धमा केही तिक्तता रहे पनि हाल भने उनीहरू त्यसलाई चिरेर नजिकिएका छन् ।
FACEBOOK COMMENTS