असोज ५, काठमाडौं । मंगलबार नेप्से सूचक सामान्य अंकले बढेर २७०० विन्दु माथि देखिएको छ। बजार खुल्ने वित्तिकै उच्च अंकको गिरावट देखिएपनि अन्तिम समयमा भने बजार सम्हालिन खोजेको देखिन्छ।
नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अंकले बढेको छ। मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।
मंगलबार मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने रु रु जलविद्युतको ५.७८ प्रतिशत, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४.६६ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेशनको ४.२८ प्रतिशत, महुली सामुदायीक लघुवित्तको ३.९९ प्रतिशत र सोल्टी होटलको ३.७३ प्रतिशतले बढेको छ।
यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ३.४२ प्रतिशतले घटेको छ भने जानकी फाइनान्सको ३.२६ प्रतिशत, माउन्टेन इनर्जी २.९४ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको २.९१ प्रतिशतले घटेको छ।
FACEBOOK COMMENTS