सुनसरी । बारम्बारको सार्वजनिक सूचनालाई अटेर गरेपछि नगरप्रमुख नै सडकमा उत्रिएका छन् ।
३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टिम नै डोजर लिएर सडकमा उत्रिएका हुन् ।
सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । व्यापारी र केही स्थानीयबासिन्दाले अवरोध गरे पनि नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।
नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि नगरपालिकाले जनाएको छ ।
FACEBOOK COMMENTS