 
			                  			              
काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना खाली गर्न फेरि डोजर चलाउने तयारी गरेको छ ।
महानगरपालिकाले आज शुक्रबार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना खाली गर्न अनुरोधसहित सार्वजनिक सूचना जारी गरेको छ ।
असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णयअनुसार सूचना जारी गरिएको हो ।
तोकिएको समयमा अतिक्रमित जग्गा र मापदण्डविपरीतका संरचना खाली नगरे कारबाही गरेर खाली गर्ने चेतावनी दिइएको छ ।
काठमाडौं महानगरपालिकाले मेयर बालेन शाहको नेतृत्वमा २०७९ जेठदेखि नै सार्वजनिक जग्गा अतिक्रमणविरुद्ध डोजर अभियान चलाउँदै आएको छ । महानगरले बागमती, विष्णुमती र धोबीखोला किनारका अतिक्रमण हटाउने काममा उपत्यका विकास प्राधिकरणसँग समन्वय गर्दै आएको जनाएको छ ।

अभियानका क्रममा महानगरपालिका, नागरिक र व्यवसायीबीच तनावसमेत सिर्जना हुँदै आएको छ ।



 
              
              
              
              		              
FACEBOOK COMMENTS