विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले अवैध संरचनामामहानगरले भत्काएको छ ।
यसअघि दुई पटक पत्राचार गर्दा पनि अटेर गरेपछि ती संरचना भत्काउन सुरू गरिएको महानगरले बताएको छ ।
नक्सा पासविनाका संरचना हटाउने अभियान अन्तर्गत महानगरले अस्पतालको संरचनामा डोजर चलाएको हो । पर्खालसँग जोडेर टहरा बनाई अस्पतालले भाडा लगाउँदै आएको थियो । भाडामा सञ्चालनमा रहेका होटलहरुले फोहोर गरेको, सुर्ती तथा मदिरा बेचेको भन्दै गुनासोसमेत आएको महानगरले जनाएको छ ।
FACEBOOK COMMENTS