काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो।
रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत कसुरमा मुद्दा दर्ता भएसँगै उनलाई कार्यवाहक तोकिएकोहो । यस अघि रास्वपामा कार्यवाहक तोकिएको थिएन ।