काठमाडौं । सरकारले सात प्रदेशमा जेठ १७ गतेदेखि ३० गतेसम्म श्रमाधान रोजगार मेला आयोजना गर्ने भएको छ ।
सरकारले सात प्रदेशमा रोजगारदाता र श्रमिकहरुलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्य मेला आयोजना गर्न लागेको बताएको छ ।
सरकारले जेठ १७ र १८ कोशी प्रदेश, १९ र २० मधेश प्रदेश, २१ र २२ गण्डकी प्रदेशको पोखरा, २३ र २४ लुम्बीनी, २५ र २६ कर्णाली प्रदेशको सुर्खेत, २७ र २८ सुदूरपश्चिम प्रदेशको धनगडी र २९ र ३० गते बागमती प्रदेशको ललितपुरमा श्रमाधान मेला आयोजना गर्न लागेको हो ।
श्रमाधान कल सेन्टरको ११४१ नम्बरमा फोन गरेर मेलाको विषयमा जानकारी दिन सकिने श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताए । उनका अनुसार हिजो मंगलबारदेखि नै दर्ता खुला भएकाले रोजगारदाता कम्पनीहरु र रोजगारीको खाजीमा रहेका नेपालीहरुले जाडिन सक्ने छन् ।
उनले सरकारको रोजगार बैंकमा रोजगारदाताले खोजेको श्रमिक र रोजगार पाउने अवस्था रहेको बताए । ‘श्रमाधान रोजगार मेला’ गर्ने कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समेत समावेश भएको समेत उनले बताए ।
मन्त्री अर्यालले ‘श्रमाधान रोजगार मेला’मा सातवटै प्रदेशका प्रदेश सरकार र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको बताए । उनले ‘श्रमाधान रोजगार मेला’सरकारको सानो प्रयास मात्रै भएको बताए ।
FACEBOOK COMMENTS