काठमाडौं । डा. प्रकाशचन्द्र लोहनीले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्राप्त परिणामले स्तब्ध बनाएको भन्दै उनले राजीनामा दिएका हुन् ।
डा. लोहनीले एक विज्ञप्ति जारी गर्दै पार्टीका जिम्मेवार पदािधकारीले मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् । जनभावनाअनुरुप तदर्थ समिति गठन गरी महाधिवेशन गर्नुपर्ने उनको प्रस्ताव छ ।
महाधिवेशनबाट जिम्मेवारी प्राप्त भए मात्र पदमा रहने गरी अलग हुने समयको मागलाई अनुसरण गर्दै राजीनामा दिएको उनले बताएका छन् ।
आन्तरिक र अन्य विविध कारणले चुनावमा निराशाजनक नतिजा आएको उल्लेख गर्दै डा. लोहनीले यो अवस्थामा जनभावना अनुसार अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS