काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता प्रकाश चन्द्र लोहनीले नवीन सहमतिका लागि तयार हुन ठूला राजनीतिक दलहरूलाई आह्वान गरेका छन् ।
संवैधानिक राजसंस्था पुनर्स्थापनाका लागि जनताले समेत आह्वान गरिरहेको भन्दै उनले राष्ट्र बचाउन नवीन सहमति गर्न दलहरू तयार हुनुपर्ने बताएका हुन् ।
उनले भने–
साथीहरू सत्तामा हुनुहुन्छ । यो देश हामी सबैको हो । तपाइँहरूको हामी विरोध गरिरहेका छौँ, किनकी तपाइँहरूले गल्ती गरिरहनुभएको छ । जनताको शोषण गरिरहनुभएको छ । आम जनतालाई केही दिन सक्नुभएको छैन । आफ्नो पेट भरिराख्नुभएको छ त्यो छोड्नुहोस् अब । देश कसरी अगाडि लैजाने भन्ने कुरामा एउटा नवीन सहमति गर्न प्रयास गरौँ त्यो गर्न तयार हुनुहोस् । राष्ट्रका लागि तपाइँहरूसँग मिलेर काम गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी तयार छ । तर, हामी आफ्नो बाटो भुल्ने छैनौँ ।
FACEBOOK COMMENTS