फेसबुकमा ‘अलविदा’ लेखेर बेपत्ता भएका चिकित्सक डा. केशव श्रेष्ठ काठमाडौंको बालाजुमा सकुशल फेला परेका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा ‘सबैलाई अलविदा, मलाई माफ गरिदिनु’ भन्दै भावुक सन्देश लेखेपछि डा. श्रेष्ठ बेपत्ता भएका थिए।
त्यसपछि उनका आफन्त र प्रहरी सक्रिय भएर खोजीमा जुटेका थिए।
काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले उनी बालाजुस्थित एक होटलमा सुरक्षित अवस्थामा फेला परेको जानकारी दिएको छ।
प्रहरीका अनुसार, उनलाई उद्धार गरेर परिसरमा ल्याउने तयारी भइरहेको छ। त्यसपछि उनलाई आफन्तको जिम्मा लगाइने बताइएको छ।
डा. श्रेष्ठ रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेन्डेण्ट हुन्। उनले करिब १८ महिना त्यहाँ कार्यरत रहँदा आफूलाई काम गर्न अवरोध पुर्याइएको आरोप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
उनले त्यही कारणले मानसिक तनावमा परेर यस्तो निर्णय लिएको उल्लेख गरेका छन्।
उनको फेसबुक सन्देश र मोबाइल बन्द भएपछि परिवार, शुभेच्छु र प्रहरी चिन्तित बनेका थिए। खोजी तीव्र पारेको प्रहरीले अन्ततः उनलाई सकुशल फेला पारेको हो।
याे पनि पढ्नुहाेस्
फेसबुकमा ‘अलबिदा नोट’ लेखेर रामेछाप अस्पतालका डाक्टर ‘देहत्याग’ गर्न हिँडे
FACEBOOK COMMENTS