राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले प्रतिनिधिसभाको चुनाव लड्न राजिनामा दिएका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नं १ बाट चुनाव लड्न लागेका हुन् । डा। पौडेल सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।
पौडेलले दसैँअघि नै असोज २० गतेदेखि लागू हुनेगरी राजिनामा दिएको बताएका छन् । टिकट पाउने निश्चित भएपछि उनले उनले दशैँ अघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाएका हुन् ।
शेर बहादुर देउवा नेतृत्वको सरकार बनेपछि उनले १२ साउन २०७८ मा योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए । पौडेलले अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । उनले अमेरिकाको युनिभर्सिटी अफ क्लालिफोर्नियाबाट विद्यावारिधि उपाधि प्राप्त गरेका हुन् । युवा अर्थशास्त्री विश्व पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ हुन् ।
डा. स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले योजना आयोगको आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए । हाल सो क्षेत्रमा डा। वाग्लेको पनि दाबी रहेकोमा पौडेलले टिकट पाएका हुन् ।
FACEBOOK COMMENTS