काठमाडौं । दोस्रो वार्षिक उत्सवको अवसरमा ‘ड्रिम स्किन’ले ग्राहकका लागि धमाकेदार छुट ल्याएको छ ।
नेपालमा कोरियन र जापानी स्किन केयर तथा मेकअप उत्पादनहरू सहज रूपमा उपलब्ध गराउँदै आएको ‘ड्रिम स्किन’ ले स्किन केयर प्रोडक्टहरुमा विशेष छुटको अफर ल्याएको हो ।
स्थापना भएको दुई वर्ष नपुग्दै ग्राहकको विश्वास जित्न सफल ड्रिम स्किन भाद्र ८ गतेदेखि भाद्र २१ गतेसम्म “एनिभर्सरी सेल” को अवसरमा आकर्षक छुटको घोषणा गरेको छ ।
जहाँ जापान र कोरियाको सबै प्रोडक्टमा न्यूनतम २० प्रतिशतदेखि अधिकतम ५० प्रतिशतसम्म छुट दिने ड्रिम स्किनकी सोसल मिडीया म्यानेजर शिवा चन्दले बताइन् ।
उलने भनिन्, ‘हामीले सेकेन्ड एसनिभर्सरीको अवसर पारेर उक्त छुट ड्रिम स्किनका दुवै आउटलेट लाजिम्पाट र बानेश्वरबाट मात्र नभई अनलाइन मार्फत पनि लिन सकिने छ ।’
ग्राहकहरूले कम्पनीको आधिकारिक वेबसाइट, इन्स्टाग्राम तथा दराजबाट पनि छूटमा प्रोडक्ट खरिद गर्न सक्नेछन् ।
कम्पनीले अनुसार कोरिया र जापानबाट ब्रान्डेड स्किन केयर तथा मेकअप सामग्रीहरू आयात गर्छ ।
ग्राहकलाई ओरिजिनल र प्रिमियम उत्पादन उपलब्ध गराइरहेको कम्पनीले दाँबी गरेको छ ।
‘ड्रिम स्किन’ले हहाल १०० भन्दा बढी कोरियन ब्रान्डहरू बिक्री गरिरहेको छ । त्यसैले त ग्राहकको रोजाइमा पर्दै आएको छ ।
दुई वर्षको दौरानका ग्राहकहरूको प्रतिक्रिया सकारात्मक रहेको सोसल मिडीया म्यानेजर चन्दले बताइन् ।
“हाम्रा धेरै ग्राहकहरूले प्रयोगपछि सन्तोषजनक अनुभवका साथ हामीले उपलब्ध गराउने प्रोडक्ट किन्नुहुन्छ । हामीकहाँ आएको कसम्प्लेन नगण्य मात्रामा छ ।”
यस सेललाई कम्पनीले केवल व्यवसायिक अफरको रूपमा नभई ग्राहकहरूप्रतिको कृतज्ञताको रूपमा पनि लिएको छ । ग्राहकको माया र साथबिना ड्रिम स्किन यहाँसम्म आउन सक्दैनथ्यो । यो सेल हाम्रो तर्फबाट ग्राहकलाई धन्यवाद स्वरूप उपहार हो, चन्दले भनिन् ।
बजारमा यथार्थपरक र गुणस्तरीय कोरियन ब्यूटी प्रोडक्ट खोज्नेहरूका लागि ड्रिम स्किन अहिले उत्कृष्ट राजाई बनेको छ ।
भाद्र २१ गतेसम्म उपलब्ध यो छुट अवसर सँगै, ड्रिम स्किनले आफ्नो ग्राहकसँगको सम्बन्ध झनै प्रगाढ बनाउने अपेक्षा राखेको छ ।
FACEBOOK COMMENTS