काठमाडौं । चितवनमा आगलागीमा परेको कारमा चालकको शव फेला परेको छ।
भरतपुर महानगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गस्थित सर्भिस लेनमा आगलागीमा परेको विद्युतीय कारमा चालकको शव भेटिएको प्रहरीले जनाएको छ।
शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलकाअनुसार आज बिहान बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको देखेपछि दमकलको सहायतामा आगो निभाइएको थियो।
आगो निभएपछि भित्र हेर्दा चालकको सिटमा एक शव फेला परेको हो। आगलागीबाट कार पनि पूर्ण रूपमा जलेको छ।

कारमा कसरी आगलागी भयो खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।