काठमाडौं । काठमाडौंका टिकट काउन्टरमा बसेर सर्वसाधारण यात्रुलाई हैरान पार्ने ४८ जना काउन्टर कर्मचारी एकैदिन पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परीसर काठमाडौंले बुधबार एक अपरेसन चलाउँदै काठमाडौंका बल्खु, कलंकी र गोंगबु बसपार्कबाट ती ४८ जनालाई पक्राउ गरेको जनाएको छ ।
टिकट काउन्टरका कर्मचारीले उपत्यका बाहिर जाने यात्रुहरूलाई आफूहरूले भनेकै सवारी साधनमा यात्रा गर्नुपर्छ भनी जबरजस्ती तान्ने, हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेको सूचना प्राप्त हुने गरेको प्रहरीले जनाएको छ ।
सोही सूचनाका आधारमा दिई अभद्र व्यवहार गर्ने गरेको भन्ने सूचनाको आधारमा बल्खुबाट १९ जना, कलंकीबाट २४ जना र नयाँ बसपार्कबाट ५ जना नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS