काठमाडाैं । सारकारले वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्तालाई विभूषित गर्ने भएकाे छ ।
संविधान दिवसका अवसरमा सरकारले डा. गुप्तालाई प्रबल जनसेवा श्री पदकबाट विभूषित गर्न लागेकाे हाे।
संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. गुप्तालाई प्रबल जनसेवा श्री पदकबाट विभूषित गर्ने घोषणा गरेकी हुन् । देशको अर्थतन्त्र उद्योग व्यवसायका माध्यमले योगदान पुर्याएको भन्दै नेपाल सरकारको ३१ भदौमा बसेको मन्त्रीपरिषद बैठकको निर्णय अनुसार उक्त पदक डाक्टर गुप्तालाई प्रदान गर्न लागिएको हो । डा. गुप्ता हालै उच्च अदालत अस्थायी इजलाश वीरगन्जको न्याय क्षेत्र समन्वय समितको सदस्यमा मनोनित भएका छन् ।
उक्त पदकबाट वीरगन्जकै उद्योगी अशोक वैद्य, जितेन्द्र प्रसाद कलवार र वीरगन्ज हेल्थ केयर हस्पिटलका अध्यक्ष डाक्टर अबुल हैयस अन्सारी पनि विभूषित हुने भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS