काठमाडौं । अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १८ जना पक्राउ परेका छन् । मोरङ, झापा, सिराहा, नवलपरासी पश्चिम, सुनसरी, बारा, पर्सा र बर्दिया जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कहाँबाट को–को पक्राउ परे ?
मोरङ – विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय संकलन राई र २७ वर्षीय आषिश कुमार बिक रहेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२० प ७४३ नम्बरको मोटरसाइकल सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
झापा – भद्रपुर नगरपालिका–७ आनिमार्ग स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका–१३ बस्ने ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दिपेश लामा र सोही नगरपालिका–११ बस्ने २३ वर्षीय राम तामाङ रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले बा.प्र.–०१–०२५ च ०८७७ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई छिपाई ल्याएको उक्त पदार्थ फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, भद्रपुर नगरपालिका–५ पोखरी टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९८ मिलिग्राम सहित सुनसरी रामधुनी नगरपालिका–८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा – भगवानपुर गाउँपालिका–४ ठाडी बजारबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४० ग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत राज मझौरा पथराही बस्ने ४० वर्षीय राम नारायण साह र भारत बिहार राज्य मधुबनी ग्राम पञ्चायत गोईत प्रसाही २७ वर्षीय राजन बाबु साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको २ थान मोटरसाइकल समेत बरामद गरेको छ ।
नवलपरासी पश्चिम – रामग्राम नगरपालिका–१ सौवाटिकरबाट नियन्त्रित लागुऔषध बुप्रेनोर्फिन ८ एम्पुल, फेनारगन ८ एमुपल र डाइजेपाम ८ एम्पुल सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही बुटवल उपमहानगरपालिका–४ लक्ष्मीनगर बस्न २५ वर्षीय पदम थापा र सोही उपमहानगरपालिका–६ बुद्धपथ बस्ने २८ वर्षीय लोक बहादुर पुलामी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी – बराहक्षेत्र नगरपालिका–८ तीनकुनेबाट अवैध लागुऔषध गाँजा करिब ३४ किलोग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर बेलका नगरपालिका–८ बस्ने २२ वर्षीय धिरज राई र सोही नगरपालिका– ७ बस्ने ३१ वर्षीय लोकेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले चतराबाट प्रकाशपुरतर्फ जाँदै गरेको को.३७ प १२५३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बारा – जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैया चोकबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब १ किलो ९ सय ३३ ग्राम, ६० हजार ५ सय नेपाली रूपैयाँ र ३९ हजार २ सय १७ भारतीय रूपैयाँ सहित सोही उपमहानगरपालिका–६ सिदरीया टोल बस्ने ५६ वर्षीय बच्चु कुमार बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणघाटबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख ८१०१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा – वीरगंज महानगरपालिका–२१ परवानीपुर चोकबाट अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ करिब ३ क्विन्टल १९ किलोग्राम र नगद १ लाख ९२ हजार रूपैयाँ सहित मकवानपुर थाहा नगरपालिका–१२ बस्ने ३६ वर्षीय बुद्धि बहादुर स्याङ्तानलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरीले परवानीपुरबाट ड्राईपोटतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ६३४८ नम्बरको ट्रकलाई जाँज गर्ने क्रममा ट्रकको पछाडीको ढालामा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी चालक स्याङ्तानलाई पक्राउ गरेको हो ।
बर्दिया – बढैयाताल गाउँपालिका–७ पुरानो कण्ठपुरबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके बैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३५ वर्षीय मान बहादुर सुनार र २५ वर्षीय नरेश आचार्य रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग भे.५ प ४२५३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सबै घटना सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS