असोज १५, काठमाडौं । माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएसंगै मन्त्रिपरिषद् बिस्तारको लागि अझै केही समय लाग्ने भएको छ ।
गठबन्धनमा आवद्ध दलहरूको आन्तरिक विवादका कारणले पहिले पनि मन्त्रिपरिषद् बिस्तार हुन् सकेको थिएन ।
तर, यही समयमा माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको २५ सदस्य हुने मन्त्रिपरिषदलाई पूर्णता दिने काम रोकिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात सदस्य मात्र छन् । राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि केहि दिन अघि सम्म मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे गठबन्धनमा सहमति जुटेको थियो ।
उता माधव नेपालको स्वास्थ्यबाहेक सरकार विस्तारका लागि कुनै पनि कुरा बाधक नभएको गठबन्धन दलका नेताहरूको दाबी रहेको छ । उहाँ अस्पतालबाट डिस्चार्ज भएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद्लाई पूर्णता दिने बताइएको छ ।
FACEBOOK COMMENTS