काठमाडौं । भारतको आसामबाट पक्राउ परेका चैत १५ गतेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइपुर्याइएको छ ।
उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो । उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
उनलाइ आजै म्याद थप गरी अनुसन्धान प्रक्रिया आरम्भ गरिने प्रहरीले जनाएको छ । म्याद थपका लागि आवश्यक कागजात तयार भइरहेको बताएको छ ।
भारतबाट नियन्त्रणमा लिएर प्रहरीले उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याएको हो ।
FACEBOOK COMMENTS