काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजसंस्था पुनर्स्थापनाको पक्षमा भएको आन्दोलनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रसाईंसँगै पक्राउ परेका उनका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन नै हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ ।
चैत १५ गते तीनकुनेमा भएको घटनापछि फरार रहेका प्रसाईंलाई प्रहरीले हिजो भारतमा पक्राउ गरेको थियाे । त्यसपछि आज झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै काठमाडौं परिसर लगिएको हो ।
FACEBOOK COMMENTS