काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले निर्देशन दिएको छ ।
सरकारको निर्देशनसँगै प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालिन भइसकेको छ । आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार रहेको अभियोगमा उनलाई पक्राउ गर्न लागिएको बताइएको छ ।
सरकारले पूर्वराजा र दुर्गा प्रसाईंलाई आजको तोडफोड, आगजनी र लुटपाटपमा जिम्मेवार ठहर गरेको छ ।
प्रसाईंविरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । यौनिक अल्पसंख्यकप्रति घृणा फैलाउने प्रकारको अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध पन्तले उजुरी दिएको बताइएको छ ।
FACEBOOK COMMENTS