काठमाडौं । कर्पोरेट मिडिया ग्रुपले जेरोना वेलनेस प्रालिका अध्यक्ष लुर्गाराज श्रेष्ठलाई ‘कर्पोरेट फेशन एण्ड ब्युटी प्रडक्टस् अवार्ड’ प्रदान गरेको छ ।
१८औँ संस्करणको ‘कर्पोरेट बिजनेश समिट एण्ड अवार्ड, २०२६’ अन्तर्गत उनलाई सो अवार्ड प्रदान गरिएको हो । ईश्वर लाल प्रतिष्ठानको सहकार्यमा कर्पोरेट मिडिया ग्रुपले बिहीबार काठमाडौंस्थित होटेल र्याडिसनमा आयोजना गरेको विशेष समारोहमार्फत प्रतिनिधसभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले श्रेष्ठलाई सो अवार्ड प्रदान गरे ।
दुर्गा राज श्रेष्ठ नेपालको व्यापार, वितरण र उद्यमशीलताको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय स्थापित व्यवसायी हुन् । गोधुली इन्टरप्राइजेज र जेरोना वेलनेस प्रालिका प्रबन्ध निर्देशक उनी स्किन केयर, सौन्दर्य प्रशोधन तथा आपूर्ति प्रणालीको विकासमा क्रियाशील छन् ।

नेपाल वितरक सङ्घको पूर्वअध्यक्ष र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पूर्वउपाध्यक्ष रहिसक्नुभएका श्रेष्ठले निजी क्षेत्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेल्दै आएका श्रेष्ठलाई व्यावसायिक नेतृत्व र समर्पणको कदरस्वरूप सो अवार्ड प्रदान गरिएको कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वल जंग शाहले जानकारी दिए ।

कार्यक्रममा ‘कर्पोरेट एक्सिलेन्स’, ‘बैंकिङ, इन्स्योरेन्स एण्ड फाइनान्स’, ‘कर्पोरेट इन्डष्ट्री लिडरसिप’, ‘कर्पोरेट बिजनेश लिडरसिप’ र ‘लाइफटाइम एचिभमेन्ट’ सहित पाँचवटा विधामा कूल २९ वटा अवार्ड प्रदान गरिएको अध्यक्ष शाहले जानकारी दिए । नेपालको निजी क्षेत्र, बैंकिङ, बीमा, उद्योग, स्वास्थ्य, ऊर्जा तथा उद्यमशीलता क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गर्ने उद्देश्यले विगत १८ वर्षदेखि ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गर्दै आएको उनको भनाइ छ ।



कार्यक्रममा अवार्ड वितरणसँगै देशको वर्तमान आर्थिक अवस्था, लगानीको वातावरण, निजी क्षेत्रले भोगिरहेका चुनौती तथा आर्थिक पुनरुत्थानका सम्भावनाबारे पनि छलफल गरिएको थियो । यस्तै, अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको भूमिका, लगानी विस्तार, रोजगारी सिर्जना तथा आर्थिक सुधारका विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकाल, सङ्घीय सांसद, अर्थशास्त्री, उद्योगी–व्यवसायी तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो । साथै, देशभरका उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, ऊर्जा क्षेत्र तथा अन्य व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
यो पनि पढ्नुहोस्–
‘कर्पोरेट बिजनेस समिट एण्ड अवार्ड’ कार्यक्रम सम्पन्न, पाँच विधामा २९ वटा अवार्ड प्रदान (विवरणसहित)