सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको सप्तकोशी न्युरो अस्पतालको लापरबाहीका बिरामीको मृत्यु भएको भन्दै आफन्त तथा स्थानीयवासीले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् ।
कात्तिक २५ गते व्यवसायी दुर्गा प्रसाईं सवार बागमती प्रदेश ०१–०२८ च ०२०१ नंको गाडीले कोशी–३ स्थित नहर चौकमा को १८प ७६९४ नंको मोटरसाइकललाइ ठक्कर दिँदा घाइते भएका स्थानीय ६० वर्षीय फुलेश्वर मेहताको शुक्रबार उपचारका क्रममा निधन भएको थियो ।
घाइते भएका मेहतालाई भोक्राहा–५ मा रहेको सप्तकोशी न्युरो अस्पतालमा उपचारका लागि ल्याइएकामा अस्पतालको लापरबाहीपछि बिरामीमा थप समस्या देखिएको र थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएकामा शुक्रबार मेहताको निधन भएको थियो ।
आफन्तले मेहता प्रसाईंको गाडीको ठक्करबाट घाइते भएको र उनकै सालो अध्यक्ष रहेको अस्पतालको लापरबाहीका मृत्यु भएको आरोप लगाएका छन् । मृतककी छोरी किरणकुमारी मेहताले अस्पतालको लापरबाहीका कारण बुबाको मृत्यु भएको भन्दै भोक्राहा–४ स्थित पूर्व पश्चिम राजमार्गमा शव राख विरोध प्रदर्शन गरेको बताइन् ।
गाडीको ठक्करबाट घाइते भएका बुबाको अवस्था सामान्य रहेको जानकारी अस्पताल प्रशासनले नै दिएको र पछि समस्या भयो भनेर अर्को अस्पताल पठाएकामा औषधिको ‘ओभरडोज’ ले समस्याको थाहा पाएपछि आफूहरू विरोधमा उत्रिएको मृतककी अर्की छोरी रिकिता मेहताले बताइन् ।
पीडित परिवारले चक्काजाम गरेपछि क्षतिपूर्ति र रोजगारी दिने सहमतिपश्चात यातायात सञ्चालनमा आएको छ । क्षतिपूर्तिबापत न्युरो अस्पतालले नगद आठ लाख र इन्स्योरेन्सबापत पाँच लाख गरी १३ लाख उपलब्ध गराउने सहमति जुटेको कोसी गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले जानकारी दिए ।
यसैगरी, शैक्षिक योग्यताअनुसार परिवारका दुई जनालाई रोजगारी र परिवारका सदस्यको आजीवन उपचार गर्नेसमेत दुई पक्षीय सहमति भएको अध्यक्ष अंसारीले बताए । अस्पतालले आफुहरूबाट उपचारका क्रममा कुनै लापरबाही नभएको दाबी गर्दै आएको थियो ।
FACEBOOK COMMENTS