काठमाडौं । उच्च अदालत विराटनगरको इलाम इजलाशले व्यवसायी दुर्गा प्रसाईंको पक्षमा अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीशद्वय लोहित चन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलाशले प्रसाईंको पक्षमा आदेश दिएको हो । अदालतले पूर्वाञ्चल क्यान्सर अस्पताल र बी एण्ड सी मेडिकल कलेजले लिएको ऋण तत्काल असुली नगर्न कुमारी बैंकलाई आदेश दिएको छ ।
ऋणीले सम्झौता उल्लंघन गरेको भन्ने दाबी बैंकले अदालतमा पेश गर्न नसकेको भन्दै सुविधा सन्तुलनको दृष्टिकोणबाट बैंकबाट जारी गरिएको ऋण असुलीको ताकेतापत्र तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ ।
कुमारी बैंकले ऋण तिर्न ताकेता गरेपछि धितो समेत लिलाममा गई कालोसूचीमा समावेश गर्ने भएको र उपकरण अभावमा सेवा संचालन गर्न बाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी प्रसाईंका तर्फबाट टिका अधिकारीले रिटमार्फत अन्तरिम आदेश माग गरेका थिए ।
FACEBOOK COMMENTS