काठमाडौं । दुर्गा प्रसाईंले सञ्चालक गरेको अस्पताल र उनको व्यक्तिगत बैंक खाता फुकुवा गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
चैत १५ गते तीनकुनेमा भएको आन्दोलनपछि फरार रहेका प्रसाईं अहिले पक्राउ परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको छ । अर्बौको सरकारी तथा निजी सम्पत्तिको क्षति भएको छ ।
उक्त घटनापछि फरार रहेका प्रसाईंको व्यक्तिगत खातासहित अस्पतालको खाता रोक्का रहेको थियो । पूर्वाञ्चल क्यान्सर हस्पिटलको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै रिट दायर गरेकी थिइन् ।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश दिएको हो ।
रिटमा खाता रोक्का गर्ने विपक्षीका नाममा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
FACEBOOK COMMENTS