काठमाडौैं । चैत १५ गते राप्रपाले आयोजना गरेको आन्दोलनमा त्यसका जनकमान्डर दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहितका २४ जनालाई अदालतले थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आज बुधबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
उनीहरुलाई राज्य विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । चैत २६ गते उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । उक्त मुद्दामा संलग्न राप्रपाका महामन्त्री धवल शमशेर जबरा रिहा भएका छन् । क्यान्सरको उपचार गर्नका लागि रिहा गरेको छ ।
राज्य विरुद्धको कसुरमा म्याद थप हुनेहरुमा पुस्कर खतिवडा, गोपाल मल्ल, मुनिन्द्र राज भण्डारी, गोपिकृष्ण खड्का, सन्तोष चौधरी, रामकुकमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, तेजेन्द्र रायमाझी, सन्तोष कुमार सिलवाल, सरोज गौतम, गोकर्ण शाही र दुर्गा प्रसाईंका सहयोगी दीपक खड्का लगायत २४ जना छन् ।