काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले यही मंसिर ७ गते गर्ने प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय बल्खु क्षेत्र तोकिदिएको छ ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार प्रसाईं नेतृत्वको टोलीसँगको छलफलपछि कार्यक्रम बल्खुमा गर्न दिने निर्णय भएको जानकारी दिए ।
यसअघि प्रशासनले नेकपा एमालेको संगठन युवा संघलाई तिनकुने क्षेत्र तोकिदिएको थियो ।
एमाले निकटको युवा संघ नेपाल र प्रसाईं नेतृत्वको अभियानले एकै स्थान माइतीघर मण्डलामा कार्यक्रम जुधाएपछि जिल्ला प्रशासन कार्यालयले उनीहरुको प्रदर्शनलाई लक्षित गरी माइतीघरदेखि नयाँबानेश्वर क्षेत्रमा एक महिनासम्म प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकिदिएको छ ।
FACEBOOK COMMENTS