काठमाडौं । सरकारले दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसँग वार्ता गर्न समिति गठन गरेको छ ।
आज प्रधानमन्त्रीको सचिवालयले महाअभियानसँग वार्ता गर्न गठन गरेको हो ।
महाअभियानले उठाएका मध्ये तत्कालै सम्बोधन गर्न सकिने माग सम्बोधन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना रहेका छन् ।
समितिमा सरकारका साथै महाअभियानका ३ जना प्रतिनिधिहरू सिफारिस गरी पठाउन भनिएको छ ।

FACEBOOK COMMENTS