काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन शुक्रबार आदेश गरेको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।
साथै प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न पनि सरकारका नाममा आदेश जारी भएको छ । दुर्गा प्रसाईंको हकमा उमा प्रसाईंले बन्दीप्रत्यक्षीकरण रिट दर्ता गराएकी थिइन् ।
यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्युरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो ।
प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंकामा प्रहरीले उनलाई पटकपटक पक्राउ गर्दै आएको छ । माघ ५ मा पनि पोखराबाट पक्राउ परेका प्रसाईंसँग प्रहरीले बयान लिएर छाडिएको थियो ।

FACEBOOK COMMENTS