दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको थियो । उनी ४ फागुनमा भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed