काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई बिहान निवासबाटै पक्राउ गरेको हो ।
उनलाई सार्वजनिक शान्ति विरुद्धको मुद्दाको अनुसन्धानका लागि पक्राउ गरेको बताइएको छ ।
अहिले प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरमा रहेका छन् ।
FACEBOOK COMMENTS