काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईले आगामी विहिबार सरकारसँग अन्तिम वार्ता हुने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गरेका प्रसाईले अन्तिम वार्ता विहिबार हुने जानकारी दिएका हुन् । उनले सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई नभएको बताउदै जनताको मतलाई नीति बनाउने कि आन्दोलन सामना गर्ने भन्ने निर्णय सरकारको हातमा रहेको बताएका छन् ।
आजको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको प्रसाईलाई स्पष्ट पारेकी थिइन् । मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले अब मुलुकले अस्थिरता र अशान्ति थेग्न नसक्ने भएकाले आफ्ना माग र असन्तुष्टिहरु शान्तिपूर्ण माध्यमबाट राख्न पनि आग्रह गरेकी थिइन् ।
FACEBOOK COMMENTS