काठमाडौं । प्रहरीले खोजी गरिरहेका राजावादी आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईंले आफू कहीँ नभागेको र काठमाडौंमै रहेको बताएका छन् ।
गत शुक्रबार तीनकुनेमा भएको आन्दोलनमा प्रहरीको सुरक्षा घेराअगाडिबाटै बलजफ्ती गाडी हुँइकाएर निस्किएका प्रसाईं त्यसयता सम्पर्कमा थिएनन् ।
आज आइतबार फेसबुकमा एक भिडिओ पोस्ट गर्दै आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि आन्दोलन छाडेर निस्कनुपरेको स्पष्टीकरण दिएका छन् । आफू सुरक्षित मात्रै र बसेको कहीँ नभागेको उनको भनाइ छ ।
‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि, मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो,’ प्रसाईंले भनेका छन्, ‘मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’
उनले प्रहरीसँग माफी पनि मागेका छन् ।
‘म आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको हँ । तपाईंहरूप्रति लक्षित दुष्मनी होइन । तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु,’
सरकारले उनलाई आन्दोलनमा भएको क्षतिको जिम्मेवार ठहराउँदै पक्राउ गर्न आदेश दिएपछि प्रहरीले सोही दिनदेखि उनको खोजी गरिरहेको छ ।
हेर्नुहाेस् भिडिओ
FACEBOOK COMMENTS