काठमाडौं । भारतको आसामबाट पक्राउ परेका चैत १५ गतेको राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्याइएको छ ।
हिजो बिहीबार पक्राउ परेका उनलाई आज काँकडभिट्टा ल्याइपुर्याइएको हो । उनलाई विमानमार्फत काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।
राजसंस्था पुनर्स्थापनाका लागि चैत १५ गते तीनकुने क्षेत्रमा भएको आन्दोलन उग्र बनेपछि प्रसाईं निषेधित क्षेत्र तोड्दै गाडी हुइँकाएर निस्किएका थिए । सोही दिनदेखि फरार उनले यसबीच आफू कहीँ नभागेको र काठमाडौंमै रहेको भन्दै दुईवटा भिडिओ जारी गरेका थिए ।
FACEBOOK COMMENTS