काठमाडौं । तीनकुने घटनामा दोषी भएको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंलाई प्रहरीले सिधै प्रहरी परिसर काठमाडौंमा पुर्याएको छ ।
झापाको चन्द्रगढीबाट काठमाडौं ल्याइएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै काठमाडौं परिसर लगिएको हो ।
विमानस्थलबाट बाहिर निकाल्दा पहरीले मिडियाहरूको आँखा छल्दै डीएसपीको गाडीमा राखेर उनलाई परिसर लगिएको हो ।
बुद्ध एअरको जहाजमार्फत काठमाडौं ल्याइएका उनलाई लिन विमानस्थलमा नेपाल प्रहरीका तीनवटा गाडी गएका थिए । त्यसमध्ये डीएसपीको गाडीले सञ्चारकर्मीको आँखा छल्दै फरक बाटोबाट बाहिर निकालिएको हो ।
चैत १५ गते तीनकुनेमा भएको घटनापछि फरार रहेका प्रसाईंलाई प्रहरीले हिजो भारतमा पक्राउ गरेको जनाएको छ । त्यसपछि आज झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याइएको हो ।
काठमाडौं ल्याएका उनीमाथि आजै म्याद थप गरी अनुसन्धान प्रक्रिया आरम्भ गरिने प्रहरीले जनाएको छ । म्याद थपका लागि आवश्यक कागजात तयार भइरहेको बताइएको छ ।
FACEBOOK COMMENTS