काठमाडौं । भदौ २३ र २४ गते भएको त्रासदीपूर्ण क्रान्तिको रगत सुक्न नपाउँदै मुलुकमा पुन: अर्को आन्दोलन घोषणा गरिएको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले देशमा हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
आज मङ्गलबार पत्रकार सम्मेलन गर्दै उनले जेन्जी आन्दोलनको बलमा गठन भएको अन्तरिम सरकारप्रति असन्तुष्टि प्रकट गर्दै उनले छठलगत्तै अनिश्चितकालीन आन्दोलन गर्ने घोषणा गरेका हुन् । ‘हामी दसैँ, तिहार र छठपछि यो देशमा हिन्दु राष्ट्र र वैदिक सनातन धर्म सापेक्ष किरात बौद्धसहितको हिन्दु अधिराज्य कायमको माग राखेर आन्दोलन गर्छौँ । उक्त मुद्दामा सफलता नपाएसम्म आन्दोलन रोकिँदैन,’ प्रसाईँले भने ।
उनले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनलाई अपहरण गरेर पुरानै सुकिलामुकिलाहरूले हालीमुहाली गरिरहेको आरोप लगाएका छन् । जेन्जी आन्दोलनलाई हाइज्याक गरेर डा. सन्दुक रोइत नेतृत्वको बारबरा र अर्को समता फाउन्डेसनका सुकिलामुकिलाहरू धमाधम मन्त्री बनिरहेको गम्भीर आरोप लगाएका छन् । ‘अहिले बनेको सरकार जेनजीको सरकार होइन । जेनजीलाई हाइज्याक गरेर बारबरा फाउन्डेसन र समता फाउन्डेसनका सुकिलामुकिला मन्त्री बनेका छन्,’ उनले भने ।
जेन्जी क्रान्तिपछि व्यवस्था र संविधान नै परिवर्तन हुनुपर्ने आफूहरूको दृष्टिकोण रहेको चर्चा गर्दै उनले उनले आफूहरूले खोजेको चिज एउटा र परिणाम अर्कै भएको बताए ।
FACEBOOK COMMENTS