काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले अहिले देश तावाबाट भुङ्ग्रोमा खसेको बताएका छन् ।
आज आइतबार पत्रकार सम्मेलन गरी उनले कांग्रेस र एमाले हुँदा देश तावामा रहेको र जेन जी आन्दोलनपछि देश भुङ्ग्रोमा खसेको बताएका हुन् ।
‘हिजो कांग्रेस, एमाले, माओवादी हुँदाखेरि देश तावामा थियो, तावामा फतफताउँदै थियो देश, नेपाली जनता । तर, आज आज आगोमा झरेको छ भुङ्ग्रोमा । गयो अर्काको हातमा देश । अर्काले चलाउँदैछ देश,’ उनले भने ।
FACEBOOK COMMENTS