काठमाडौं । राजतन्त्र र हिन्दु राष्ट्र ब्युँताउने तथा २० लाख रुपैयाँभन्दा कमको सबै ऋण मिनाहा गरिनुपर्ने मागसहितको अभियान चलाउँदै आएका अभियन्ता एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
भक्तपुरको ठिमीमा अवस्थित उनको घरमै प्रहरीले उनलाई नजरबन्द गरेको हो ।
उनको नेतृत्वमा आज काठमाडौंको तीनकुनेमा प्रदर्शनको तयारी गरिएको र सोही प्रदर्शन रोक्न सरकारले उनलाई नजरबन्दमा राखेको बताइएको छ । प्रसाईंको अभियानलाई तीनकुनेमा प्रदर्शनको अनुमति नदिइएको भन्दै काठमाडौं प्रशासनले उनलाई घरमै रोकेको स्पष्ट पारेको छ ।
प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन् । तीनकुने क्षेत्रमा पनि ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् ।
FACEBOOK COMMENTS