काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले नेपालका जेन जीहरूले आफू परिचालित भएको पत्तै नपाएको बताएका छन् ।
भदौ २३ र २४ गतेको आन्दोलन र विध्वंशको योजना बारबरा फाउण्डेशनले बनाएको आरोप लगाउँदै उनले जेन जीहरू पत्तै नपाइ प्रयोग भएको बताएका हुन् ।
आज आइतबार पत्रकार सम्मेलन गरी उनले भने, ‘जेन जी आन्दोलनको डिजाइन बारबरा फाउण्डेशनबाट भएको रहेछ सबैलाई थाहा भइहाल्यो । जेन जीलाई नै थाहा छैन कहाँबाट प्रयोग भइयो भनेर । प्रयोग त्यसरी गर्छन् अफिमजस्तो । अफिम सेवन गरेको मान्छेले मलाई नसा लागेको छ भन्दैन, तर लागिरहेको हुन्छ ।’
‘जेन जी आन्दोलनबाट प्रहरीको मनोबल गिर्यो, अहिले हामी कोही पनि सुरक्षित छैनौँ’

FACEBOOK COMMENTS