काठमाडौँ । राजसंस्था पुुनर्स्थापनाका पक्षमा भोलि (शुक्रबार) राजधानी काठमाडौँमा हुने आन्दोलनको नेतृत्व गर्ने जिम्मा मेडिकल व्यवसायीसमेत रहेका दुर्गा प्रसाईँलाई दिइएको छ ।
प्रसाईँलाई राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको कमाण्डर तोकिएको समितिले आज (बिहीबार) काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजावादीहरूलाई तीनकुनेमा प्रदर्शनका लागि अनुमति दिएको छ ।
शुक्रबार नै गणतन्त्र पक्षधरहरूले पनि काठमाडौँको भृकुटीमण्डपमा प्रदर्शन गर्दै छन् ।
FACEBOOK COMMENTS