काठमाडौं । दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा रहेका बेला गएराति पक्राउ परेका थिए ।
उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।
पक्राउबारे सञ्चारकर्मीले जिज्ञासा राख्दा उनले के विषयमा पक्राउ गरेको भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
पछिल्लो समय उनले काठमाडौंका मेयर बालेन साहको घरमा आगो झोस्न, परिवारका सदस्यमाथि झम्टन निर्देशनात्मक अभिव्यक्ति दिएका थिए ।
दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटम दिँदै पञ्जीकरण विभागको वेबसाइट ह्याक

FACEBOOK COMMENTS