काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षका लागि दुर्गाराज श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।
महासंघका हाल वस्तुगत–एसोसिएट उपाध्यक्ष रहेका श्रेष्ठले आज सोमबार प्यानलसहित मनोनयन दर्ता गराएका हुन् ।
उनको प्यानलबाट एसोसिएट उपाध्यक्षमा कृष्णभक्त श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा प्रेमहरि मैनाली, जिल्ला नगर उपाध्यक्षमा कविराज खत्री र कोषाध्यक्षका उम्मेदवार जीवनकाजी माकाजु रहेका छन् । प्रदेश महासंघको साधारणसभा र निर्वाचन आगामी २४ गते हुँदै छ ।
FACEBOOK COMMENTS