काठमाडौं । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ ।
रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो ।
गायक थापाले पाँच महिनामै १० करोड भ्यूज पार गरेर यस गीतले नेपाली सङ्गीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।
दुर्गेशले भने ‘म भावुक छु, किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाई चुम्न सफल भयो ।’
उनले अगाडी भने’हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुरहरूले दिनु भएको परिचय अझै चम्किलो बनेको छ । ‘दुर्गेश थापा’ नाम होइन ब्राण्ड हो, ब्राण्ड !’ सधैको साथ, माया, समर्थन र भगवानसरहको उपस्थिति दिनुभएकोमा म मेरो शीर झुकाएर मेरो भगवान रूपि दर्शकहरू प्रति कृतज्ञता व्यक्त गर्दछु ।’
FACEBOOK COMMENTS