काठमाडौं । बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार चैनपुरबाट मष्टा गाउँपालिकातर्फ गइरहेको सुपप्र ००१– ००१ च ११७ नम्बरको जीप दुर्घटनामा परेको हो । चिउरी भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । १५र१६ सवार सो जीपमा १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० जागेश्वर भण्डारीले ६ जनाको मृत्यु भएको बताए । मृतकको भने पहिचान खुल्न सकेको छैन ।
‘हामी अहिले पनि उद्वारमा नै छौं, ६ जनाको मृत्यु भइसकेको छ, जीपमा १५र१६ जना सवार रहेको बुझिएको छ, अन्य विवरण भने आएको छैन,’ उनले भने ।
FACEBOOK COMMENTS