काठमाडौं । सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी) को आवेदन असोज १९ गते राति ९ः४५ बजेबाट खुलेको छ । डीभीका लागि आवेदन कात्तिक २२ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।
दूतावासले आवेदन दिँदा पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ ।
दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।
डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।
आवेदन दिनको लागि https://dvprogram.state.gov/ मा गएर मागिएको जानकारीहरू प्रविष्ट गर्नुपर्नेछ । स्पन्सर लगायतका कागजात नचाहिने र डीभीको आवेदन निःशुल्क भर्न सकिने समेत दूताबासले जनाएको छ ।
FACEBOOK COMMENTS