डिभी २०२३ भर्ने म्याद आगामी मंगलबारसम्म मात्र रहेको छ । अक्टोबर ६ देखि खुलेको डिभी लोटरी नोभेम्बर ९ सम्ममात्र भर्न सकिनेछ । अमेरिकी सरकारको विदेश मन्त्रालयले डिभी लोटरी भर्नका लागि अन्तिमसम्म नकुर्न सुझाव दिएको छ ।
डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।
यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । तर मकाउ र ताइवानका भने योग्य हुनेछन् । विगत ५ बर्षमा ५० हजारभन्दा धेरै आप्रवासीहरु अमेरिकामा बसाइ सराइ गरेका देशका नागरिक डिभी भर्न योग्य हुँदैनन् ।
FACEBOOK COMMENTS