काठमाडौँ । निर्माण सामाग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनको लागि प्रयोग हुने डलब वाल कारगेटेड (डीडब्लुसी) पाइपको उत्पादन सुरु गरेको छ ।
नेपाटप अर्गनाईजेशन अन्र्तगतको मनमैजु ईण्डष्ट्रिज पिपलटार, नुवाकोटले अत्याधुनिक प्रविधिसहितको मेशिनरी आयात गरी नेपालमा नै डिडब्लुसी पाइप उत्पादन सुरु गरेको छ ।
भारत, चीन लगायत विश्वका विभिन्न मुलुकमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजायनमा कम्पनीले उत्पादन सुरु गरेको जनाएको छ । कम्पनीले हाल प्रचलित अन्तर्राष्ट्रिय मापदण्ड र डिजायनको परिधिभित्र रही १०० मि।मि।देखी १२०० मि।मि। गोलाईका पाइप उत्पादन गरिरहेको बताइएको छ ।
विगतमा छिमेकी मुलुक भारत एवं चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरुमा उक्त डिजायन एवं प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवं स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन सुरु गरेपछी भारत एवं चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलकरणमा समेत भूमिका पुग्ने कम्पनीले विश्वास लिएको छ ।
विगतमा प्रयोगमा आइरहेको कंक्रिट ढल पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवं भरपर्दो, सामान्यतया जडानपश्चात मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्री सतह चिल्लो भएको कारण सहज बहाव हुने एवं बाहिरी बनौट रिङ्ग आकारमा रहने भएकोले अत्यधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरुको कारण कम्पनीका अन्य उत्पादनहरु जस्तै यो उत्पादन पनी उपभोक्तहरुको पहिलो रोजाइमा पर्ने कम्पनीले विश्वास लिएको छ ।
नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठुला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरुका लागि पाइप उत्कृष्ट हुने कम्पनीको दाबी छ ।
FACEBOOK COMMENTS