काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन गरिएको छ ।
पाँच दिनअघि पनि बझाङ केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS