काठमाडौं । डोल्पामा आज आइतबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अधिकारीहरूका अनुसार डोल्पाको काञ्जिरोवा आसपास केन्द्रविन्दु भई बिहान ३:०६ बजे ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि २०७२ वैशाख १२ मा गएको विनाशकारी गोरखा भूकम्पको १० वर्ष पुगेकै दिन अर्थात् गत शुक्रबार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS