काठमाडौं । मुगुमा आज सोमबार पनि भूकम्प गएको छ ।
आज बिहान ८ बजेर ३९ मिनेटमा कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
मुगुमा हिजो आइतबार पनि भूकम्प गएको थियो । आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
FACEBOOK COMMENTS