काठमाडौं । संखुवासभा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ः३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको थियो।
हालसम्म भूकम्पले क्षति गरेकोबारे कुनै विवरण नरहेको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ।
FACEBOOK COMMENTS